0 COMMENTS

15112613Rajendra-mahatoकाठमाडौं, पुस १८ – राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले तराई मधेशमा विरोधका छुट्टै कार्यक्रम घोषणा गरेको छ ।

आइतबारदेखि पुस २७ गतेसम्मका लागि तराई मधेशमा प्रार्थना गर्ने, एकदिन ब्रत बस्ने, कालोपट्टि बाँध्ने, विश्वभरिका आफन्तलाई सामाजिक सञ्जालबाट मधेश आन्दोलनबारे जानकारी दिने, हस्ताक्षर संकलन गरेर बुझाउने लगायत कार्यक्रम सार्वजनिक गरेको हो ।

सद्भावना पार्टीका महासचिव मनिस सुमनका अनुसार यी कार्यक्रम मोर्चाको समानान्तर रुपमा नभई मोर्चासँगकै समन्वयमा घोषणा गरिएको हो ।मधेशी मोर्चासँगको समन्वयमा आन्दोलनका थप कार्यक्रम घोषणा गरिनेपनि सदभावनाले जनाएको छ ।

विराटनगरमा प्रहरीसँगको झडपमा घाइते भएका महतो भने थप उपचारका लागि दिल्ली जानु भएको छ । उहाँ दिल्ली पुगेकै भोलीपल्ट सदभावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।