0 COMMENTS

काठमाडौँ, १८ पुस । मन्त्रिपरिषद्को  बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

सरकारले घोषणा गरेको सो रकम वितरण ढिलाइ भएको गुनासो बढिरहेका बेला सरकारले हिजाे गृह र स्थानीय विकास मन्त्रालयलाई १० दिनभित्र वितरणको कार्य पूरा गर्न कडा निर्देशन दिएको हो ।

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले गत साताको आफनो चीन भ्रमणबारे बैठकलाई जानकारी गराएको पत्रकारलाई बताए । संविधान जारीपछि चीनमा सो स्तरको पहिलो भ्रमणबाट व्यापार तथा पारबहन, दीर्घकालीन इन्धन, पूर्वाधार विकास तथा कनेक्टिभिटी र तातोपानी र केरुङ नाका सञ्चालन गर्न समझदारी भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले उल्लेख गरे ।

बैठकले लगानी बोर्डको प्रस्तावमा चीनको ‘द गोर्खाज युके’ कम्पनीको परियोजना प्रस्तावअनुसार ऊर्जा उत्पादनको समझादरी स्वीकृत गरेको छ भने बोर्डलाई हावाबाट बिजुली उत्पादन निकाल्ने परियोजना प्रस्ताव तयार गर्न निर्देशन पनि दिएको छ ।

बैठकले बेपत्ता परिवारको छानबिन र सत्य तथा मेलमिलाप आयोग सञ्चालनसम्बन्धी नियमावली स्वीकृत गरेको छ ।

यसैगरी दैवी तथा विषक्त हतियारसम्बन्धी महासन्धीको अनुमोदनका लागि व्यवस्थापिका– संसद्मा पेस गर्ने, चीनका लागि नेपाली राजदूत डा महेश मास्केको कार्यवधि चार महिना थप्ने निर्णय गरेको छ ।

विदेशी सम्बन्धनका शिक्षण संस्थालाई व्यवस्थित गरिने

बैठकले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थालाई स्पष्ट र प्रभावकारी बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ भने भारतीय केन्द्रीय शिक्षा बोर्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाका सम्बन्धमा स्पष्ट पार्न मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाइएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

साथै राजपत्र अनङ्कित (प्रशासन) तर्फका कर्मचारीको सरुवाका लागि क्षेत्रमा क्षेत्रीय प्रशासक र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी पनि दिइएको छ । बैठकले केही सहसचिवको पनि सरुवा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।