0 COMMENTS

१७ पुस,काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् ।

भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो । अर्को सेमिफाइनल खेलमा साविक विजेता अफगानिस्तानले श्रीलंकालाई ५–० को विशाल गोल अन्तरले पराजित गर्‍यो । पहिलो हाफमा १–० ले पछि परेको श्रीलंकाविरुद्ध अफगानिस्तानले दोस्रो हाफमा लगातार ४ गोल गर्‍यो ।

यसैबीच, अफगानिस्तानका लागि यो अन्तिम साफ च्याम्पियनसिप हो । आगामी वर्षहरुमा अफगानिस्तानले दक्षिण एशिया छोडी मध्य एशीयाली समुहबाट खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।