0 COMMENTS

Sujata-Koirala_20101222074353_20141017050510गुलरिया(बर्दिया), १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोेइरालाले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।
काँग्रेस र नेपाल प्रेस युनियन बर्दियाले बिहीबार यहाँ गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले भनिन्– ‘पार्टीभित्र रहेको भागबन्डालाई समाप्त पारी युवा लक्षित कार्यक्रम मार्फत मधेस–तराई लगायत समग्र मुलुकको विकासका लागि मै सभापतिमा उम्मेदवारी दिने तयारीमा लागिपरेको छु ।’

उनले आफू सभापति भएमा मुलुकको आर्थिक समृद्धिका लागि वैदशिक लगानी पर्याप्त मात्रामा भित्र्याउने जानकारी दिइन् । नेत्री कोइरालाले संविधान संशोधन प्रस्तावले मधेसको सम्पूर्ण समस्या हल गर्ने भएकाले नाकाबन्दी तत्काल खोल्न मधेसकेन्द्रित दललाई आग्रह गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।