काठमाडौं, १७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४३ प्रमुख जिल्ला अधिकारीलाई काजमा खटाउने गृहमन्त्रालयको कार्यमा छानविन थाल्ने भएको छ । गृहले नियम विपरित काजमा जथाभावी सिडियोको सरुवा गर्न थालेपछि अख्तियारले फायल मागेको छ ।
हालसम्म ४३ जिल्लाका सिडियोहरु काजमा खट्टिएका छन् । उनीहरुलाई काजमा खटाउनुको कारण माग्दै अख्तियारले फायल झिकाएको छ । हाल ४३ सिडियो र ४६ सहायक सिडियो काजमा छन् ।
आफु अनुकुलको काम गराउन गृहमन्त्री शक्तिबहादुर बस्नेत र यसअघिका गृहमन्त्री बामदेव गौतमले सिडियो र सहायक सिडियोको काज सरुवा गरेका थिए । अख्तियारले छानविन थालेपछि काजमा खटिएका अधिकाँस सिडियोहरु फिर्ता बोलाउने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्