0 COMMENTS

Modi_झापा, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार फोन वार्तापछि सरकारले ‘साताभित्रै आपूर्ति व्यवस्था सहज हुने’ आशा व्यक्त गरेको छ । गृहजिल्ला झापा दौडाहामा रहेका प्रधानमन्त्री ओली र मोदीबीच बिहीबार बिहान साढे दस बजे करिब २० मिनेट फोन वार्ता भएको थियो ।

मोदीसँगको फोन वार्तापछि बिहीबारै आधा दर्जन कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली उत्साहित मुद्रामा देखिएका थिए । सम्बोधनका क्रममा उनले ‘मुलुकमा देखिएका जटिलता छिट्टै अन्त्य हुने’ दोहोर्यादइरहे ।

‘आजको कुराकानीपछि उहाँको बडी ल्याङ्ग्वेजमै परिवर्तन आएको छ,’ प्रधानमन्त्रीका एक निकट सहयोगीले नागरिकसँग भने, ‘त्यसैले समस्या छिट्टै समाधान हुने आस छ ।’

प्रधानमन्त्रीसँगै रहेका कानुनमन्त्री अग्नि खरेलले पनि नाका खोल्नेबारे भारतीय प्रधानमन्त्रीले सकारात्मक सन्देश दिएको पुष्टि गरे ।

‘उहाँहरुबीचको फोन संवादपछि समस्या छिट्टै समाधान हुने आशा बढेको छ,’ फोन वार्ता हुँदा ओलीसँगै रहेका मन्त्री खरेलले सञ्चारकर्मीसँग भने, ‘आपूर्ति व्यवस्था सहज हुने, नाकाको समस्या सहज हुने संकेत मिलेको छ ।’

भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीबारे दमकमा सञ्चारकर्मीलाई जानकारी दिँदै मन्त्री खरेलले थपे, ‘कुराकानी मूलतः आपूर्ति समस्यामै केन्द्रित हो ।’

आपूर्ति कहिलेसम्म सहज होला भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खरेलले भने, ‘ठ्याक्कै मिति त तोक्न सकिन्न तर अब एक हप्ता पनि यो असहज अवस्था जाँदैन होला ।व्यस्त कार्यतालिकाबीच गृहजिल्ला दौडधुपमै रहेका बेला ओली र मोदीबीच दुई दिनदेखिको प्रयासमा वार्ता सम्भव भएको हो ।

‘कुराकानी गर्न र असहज अवस्था टुंग्याउने चाहना दुवैतर्फको थियो,’ उनले भने, ‘त्यसैले कुराकानी भयो ।’ उनका अनुसार यसपटकको कुराकानी नेपाली पक्षकै पहलमा भएको हो ।

सोमबार एमाले, एमाओवादी र नेपाली कांग्रेस बैठकमा सहभागी नेताले प्रधानमन्त्री ओलीलाई मोदीसँग सिधै कुराकानी गर्न दबाब दिएका थिए । नागरिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।