0 COMMENTS
Rudra-Kandangwa
रुद्र कन्दङवा

नेपाल ओर्लेको भोलि पल्ट एक मित्रसँग भेट भयो. मैले हालखबर सोधें. उनले भने अस्थिर नेपालमा के नै पो गर्न सकिन्छ र? सबै कुरा उस्तै छ उनले थपे
मेरो मित्रको यही कुराबाट मेरो लेखनको प्रस्थान विन्दु शुरु हुन्छ
के साँच्चै नेपालमा अस्थिरता छ ? मैले यसो हेरें मैले त जताततै स्थिरता मात्रै देखेको छु। हामीले लागेको मात्र हो नेपालमा सबथोक अस्थिर छ भन्ने । वास्तवमा नेपाल स्थिर देश हो कसरी ? लौ हेरौं त ।
चार वर्ष अगाडि जब म अमेरिका हिँडे आफ्नै काम विशेषले, फर्केर आउँदा जोरपाटी उस्तै रहेछ. । पहिले जोरपाटी चोकमा फोहोरै फोहोर हुन्थ्यो अहिले पनि त्यस्तै छ । जोरपाटी मात्र नभएर पूरै उपत्याका भरी नै फोहोर, बाटामा खाल्डा खुल्डी जताततै हुन्थ्यो अहिले पनि त्यस्तै छ । त्यसमा कुनै परिवर्तन आएको देखिएन त्यस्कारण नेपालमा स्थीरता छ । यदि अस्थिर हुँदो हो त सडकमा फोहोर, खाल्डा खुल्डी हुदैनथे । सबै जस्ताको तस्तै छ ।
त्यस्तै मानिसहरु हेरौं । केटीहरुलाई सार्वजनिक यातायातमा छेडछाड, चोरीलुटपाट, ठगी, दादागरी यो पनि जस्ताको तस्तै रहेछ । म यहाँ आएको केहीदिनमै छिमेकीले राती चोर आएको नमिठो कुरा सुनाए । खानेपानीको पहिला जस्तो समस्या थियो त्यो पनि त जस्ताकाे तेस्तै छ । पर्याप्त पानी पाउन त काठमाडौं वासीहरुले खोलाको किनारमै घर बनाउनु पर्ला । यहाँ पनि स्थीरता देखियो । खै त अस्थिरता ?
त्यस्तै, राजनीतिक दलहरुको नेपाल बन्द कार्यक्रम पनि चलिरहेको छ । भर्खरै पनि भयो । सबैलाई थाहै छ हाम्रा भोलिका महान व्यक्तिहरु-जसलाई हामी युवा शक्ति भनेर सम्मान गर्छाैं उनीहरु पनि त उस्तै छन् । कुनै अमुख पार्टीको झण्डा बोकेर हिड्यो । तोडफोड गर्यो । चन्दा माग्न हिड्यो । अनी नेता भएको भ्रमको रोटी खायो । न परिवारको लागि केही गर्न सक्यो, न आफ्नो लागि, न त देशको लागि. वगैँचामा पलाएको झार जस्तो उनीहरुको हालत छ । कसले कताबाट उखेलेर कता फ्याँक्ने हो थाहा छैन । तैपनि चेत आउँदैन । यो हाम्रो कस्तो युवा शक्ति हो ? मैले बुझ्न सकिन । पहिला पनि यस्तै थियो, अहिले पनि उस्तै छ । यसमा पनि मैले व्यापक स्थिरता देखेको छु । अस्थिर भएको भए यिनीहरु पनि परिवर्तनको धारमा आउँदा हुन । कुनै अमुख पार्टीको च्यातिएको झण्डा बोकेर आफ्नो जीवन च्यात्दैनथे हाेलान खोइत परिवर्तन?
त्यस्तै सबैभन्दा स्थीरता मैले नेपालको राजनीतिमा देखेको थिएँ। त्यो स्थीर नै छ अहिले सम्म. कुनै अस्थिरता रुपी परिवर्तन छैन । परापूर्व कालदेखि नै नेपालको राजनीतिक दल र तिनको राजनीति दुइवटा रोगबाट ग्रसित छन । त्यो हो अन्तर पार्टी द्वन्द र अन्तर पार्टी द्वन्द. अर्थाथ आफ्नै पार्टी भित्र आफ्नै साथीहरु सित शक्ति र भक्तिको लडाँइ गर्ने चलन र दुइ पृथक पार्टीहरु विच चल्ने शक्ति र भक्तिको लडाँइ. यि दुवै उस्तै छ । विभिन्न वहानामा यो लडाँइ धेरै लामो समयदेखि चलिरहेको छ । त्यो आज पनि चलिनै रहेको छ । यो विल्कुल स्थीर छ । जस्ताको तस्तै । त्यसमा कुनै परिवर्तन छैन । सम्झनु होस कि यदि पार्टीहरु विच कलह भएन भने त्यो नेपाली राजनीति दल हुँदै होइनन् ।त्यसकारण समग्रमा हेर्दा नेपाल एकदमै स्थिर देश हो यहाँ हरेक थोकमा स्थीरता छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।