0 COMMENTS

काठमाडौँ, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले संवैधानिक एवम् कानुनी व्यवस्थाको उलङ्घन हुने गरी एकै समयमा दुई सरकारी निकायमा बहाल हुनु कानुन विपरीत रहेको जनाउँदै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रपतिको कार्यालय, आयोगका आयुक्त सावित्री थापा गुरुङलगायतलाई विपक्षी बनाई वीरप्रसाद श्रेष्ठका तर्फबाट अधिवक्ता रमेश काफ्लेले दायर गरेको रिट निवेदनमा कोही व्यक्ति एकै समयमा दुई सरकारी निकायमा बहाल हुनु कानुन विपरीत भएको उल्लेख छ । निवेदनमा आयुक्त गुरुङ हाल पनि त्रिवि अन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पसमा सहप्राध्यापकका रुपमा काम गर्दै आएको र आयोगमा पनि आयुक्त हुनु कानुन विपरीत भएको उल्लेख छ ।
संविधानको धारा २३८ को उपदफा ८ मा प्रमुख आयुक्त वा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन भनी उल्लेख छ । आयोगको प्रमुख आयुक्त वा आयुक्तको पदमा नियुक्ति हुने व्यक्ति अन्य सरकारी पदमा बहाल रहन नपाउने व्यवस्था भएको रिट निवेदनमा छ ।रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।