0 COMMENTS

बनेपा, १६ पुस । विदेशी मुद्रा साट्ने प्रलोभनमा पारेर लुटपाट गर्ने एक दम्पतीसहित चारजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई फरक फरक मितिमा विभिन्न ठाउँबाट पीडितले दिएको हुलिया र सुराकीका आधारमा पक्राउ गरिएको र पक्राउ परेकालाई आज सार्वजनिक गर्न लागेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक राजकुमार केसीले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक जिल्लाका ४० वर्षीय दिनेश लामा भन्ने मङ्गलबहादुर तामाङ, उनकी श्रीमती ३५ वर्षीया सम्झना भन्ने लक्ष्मी तामाङ, सोही जिल्लाकै २५ वर्षीय पदमबहादुर तामाङ र २६ वर्षीय पासाङ तामाङ रहेका छन् ।

लुटपाट गर्ने मुख्य योजनाकार मङ्गलबहादुरलाई १४ गते काठमाडौँबाट, पदमबहादुरलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ गते, पासाङलाई बनेपाबाट र लक्ष्मीलाई भक्तपुरको नलिङचोकबाट फरक फरक मितिमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको गिरोहले लुटपाट गर्ने क्रममा खुकुरी प्रहार गरी काभ्रेपलाञ्चोकको नाल्डुङ गाविसका कान्छामान तामाङलाई गम्भीर घाइते बनाएको छ । उनको वीर अस्पतालमा अर्धचेत अवस्थामा उपचार भइरहेको छ ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।