0 COMMENTS

काठमाडौं, १६ पुस । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ ।

यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ । एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा भने बाढीपहिरोको जोखिम बढ्ने नासाले चेतावनी दिएको छ ।

यस्तो परिस्थिति हरेक दुईदेखि सात वर्षको अन्तरालमा आउने गर्दछ । एल निनोको सबैभन्दा नराम्रो प्रभाव १७ वर्षअघि सन् १९९८ मा देखिएको थियो । आगामी वर्षको अवस्था सन् १९९८ को भन्दा पनि खराव हुनसक्ने जनाइएको छ ।

सबैभन्दा बढी प्रभाव अफ्रिकी क्षेत्रमा हुने र त्यहाँ आगामी फेब्रअरीमा चरम खाद्य संकट हुने अनुमान गरिएको छ । यही मौसमी चक्रकै कारण सन् २०१५ को विश्वको तापक्रम अहिलेसम्मकै उच्च हुन सहयोग पुर्याएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।