0 COMMENTS

जनकपुर १३ पुस। जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछी जनकपुरको स्थिति तनावग्रस्त भएको छ ।

विराटनगरको रानी भन्सार नाकामा धर्ना बस्न खोज्दा प्रहरीको हस्तक्षेपबाट सदभावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गर्दै जानकी चोकमा रहेको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका थिए ।

त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा ज्ञानकुञ्ज जनकपुरका जितेन्द्र ठाकुर र जलेश्वरमा मनिष भण्डारी छन् । उनीहरुको जनकपुर अन्चल अस्पतालमा उपचार भैरहेको छ ।

बम प्रहार गरेको आरोपमा प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।