0 COMMENTS

vandariकाठमाडौ, पुस १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सोमबार पूजा गरेकी छन् ।

मुलुकमा भइरहेको संकटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले बिहान साढे ९ बजे विशेष पूजा गरेकी पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी दिए ।पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजा भएको सदस्यसचिव डा. टन्डनले बताए ।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा तथा बाँसुरी वादनले उनको स्वागत गरेको कोषले जनाएको छ ।

पूजालगत्तै राष्ट्रपति भण्डारीले आफ्नो पुस महिनाको तलब बराबरको रकम पशुपति क्षेत्र विकास कोषलाई चन्दा दिएकी छन् ।राष्ट्रपतिले १ लाख २१ हजार ३ सय ६० रुपैयाँ चन्दा दिएकी पशुपति विकास कोषले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।