0 COMMENTS

c864beb7e1f0462444aed641dfe15e30पुस १३, काठमाडौं । लोडसेडिङ भएका बेला राउटर इन्भर्टरमा जोड्दा समेत तपाईको घरमा इन्टरनेट आउन छाडेको छ ? मोबाइल, ल्यापटप वा कम्प्युटरमा इन्टरनेटको टावर देखाए पनि कनेक्ट हुँदैन ?
पछिल्लो केही दिनदेखि लोडसेडिङ भएको क्षेत्रमा इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा दिन छाडेका छन्, त्यही भएर तपाईले जति जुक्ति लाउँदा पनि इन्टरनेट आउँदैन ।
विद्युत प्राधिकरणले लोडसेडिङ बढाउन थालेको र इन्धन आपूर्ति पनि सहज नभएपछि सेवा प्रदायकहरुले लोडसेडिङका बेला इन्टरनेट दिन छाडेका हुन् । सेवा प्रदायकहरुले इन्टरनेट सेवाका लागि विभिन्न स्थानमा आफ्ना ‘हब’ हरु राखेका हुन्छन् । बिजुली गएपछि ती हबले काम गर्न छाड्छन् र तपाईको घरबाट इन्टरनेटको पहुँच हट्छ ।
पहिले लोडसेडिङ हुँदा पनि सेवा प्रदायकहरुले इन्धनबाट जेनेरेटर चलाएर इन्टरनेट तपाईँको घरसम्म र्पुयाउँथे । अहिले इन्धन पाउन छाडेपछि त्यो विकल्प पनि छुटेको हो । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपिएएन) ले २४सै घण्टा अत्यावश्यक मानिएको सञ्चारको अत्यावश्यक साधन इन्टरनेट वितरण प्रणालीमा केही समयदेखि गम्भीर समस्या आएको जनाएको छ ।
‘पछिल्लो समय सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवाबाट हटाएपछि यो समस्या आएको हो’ सुविसु केबलनेटका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले भने, ‘इन्धन वितरण प्रक्रियामा कोटा प्रणाली हुँदा लाइनमा बसेर भए पनि ल्याएर जेनेरेटर चलाउँथ्यौं र सेवा दिन सकिएको थियो । तर अहिले कोटा हट्यो, सरकारले कालोबजारीबाट किनेर चलाउन प्रोत्साहित गरिरहेको छ । तर त्यहाँको महँगो मूल्य तिरेर ल्याउने क्षमता हाम्रो पुग्दैन ।’
उनले विकल्प नभएपछि लोडसेडिङका समयमा इन्टरनेट दिन बन्द गर्नु परेको बताए । पछिल्लो समय विद्युत प्राधिकरणका ट्रान्सफर्मरहरु ठाउँठाउँमा पड्किएर कयौं घन्टा नै विजुली आउन बन्द भएकाले पनि सेवा दिन कठिन भएको उनले जानकारी दिए ।
‘इन्टरनेट सेवा उपलब्ध गराउन टावरमा व्याकअपको कमी छ, प्राधिकरणले आफैले तोकेका बेला पनि बिजुली दिँदैन,’ क्लासिक टेकका प्रविन श्रेष्ठले भने, ‘यसले समस्या भएको छ ।’ उनले इन्टरनेट अत्यावश्यक सेवाभित्र परेपनि सरकारले इन्धन नदिँदा सेवा दिन नसकिएको बताए ।
‘नेपाल सरकारको सम्बधित निकायवाट इन्टरनेटलाई अति आवश्यक संचार सेवा अन्र्तगत परिभाषित गरि इन्धन उपलव्ध गराउन माग गर्दछौ’ आइएसपिएएनले विज्ञप्ति नै जारी गरेर सरकारको ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।