0 COMMENTS

 काठमाडौं, पुस १३ –भारतको नाकाबन्दीका कारण इन्धन अभावमा कम गाडी चलेको भन्दै ट्राफिक प्रहरीले गएको असोजदेखि छतमा यात्रु चढाउन छुट दिएको थियो । मोटरसाइकलमा पनि ३ जनासम्म चढेर यात्रा गर्ने गरेका थिए । तर अहिले ७० देखि ७५ प्रतिशतसम्म गाडी चलेको भन्दै ट्राफिक प्रहरीले नियममा कडाई गरेको हो । ट्राफिक प्रहरीले नियम विपरित छतमा यात्रु राख्ने र मोटरसाइकलमा ३ जना बोक्ने चालकलाई जरिवाना गर्न थालेको छ ।

प्रहरीले क्षमताभन्दा बढी यात्रु नबोक्न पनि चालकहरुलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा अन्य समयमा मोटरसाइकलसमेत गरेर दैनिक साढे आठ लाख सवारी साधान चल्ने गरेका थिए । अहिले नाकाबन्दीका करण इन्धन अभाव हुँदा पनि उपत्यकामा दैनिक ६ लाखसम्म गाडी चल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।