0 COMMENTS

बाँके खजुरा, १३ पुस । नेपालगन्ज भन्सार कार्यालयमा एक हजार थान त्रिपाल अलपत्र परेका छन् ।

भूकम्पपीडितका लागि भारतबाट नेपालगन्ज नाका हुँदै भित्र्याइएका करिब एक हजार थान त्रिपाल भन्सार कार्यालयको खुल्ला चौरमा पाँच महिनादेखि थन्किएको हो ।

लामो समयदेखि खुला चौरमा थन्काइएका त्रिपाल बिग्रने अवस्थामा पुगेपनि प्रभावित क्षेत्रमा पठाउनेतर्फ कुनै पहल भएको छैन ।

सरकारी निकायको लापरबाहीका कारण प्रभावित क्षेत्रका भूकम्पपीडित परिवार शीत छेक्ने एकसरो त्रिपालसम्म नपाएर चिसोमा कष्टकर अवस्थामा रात बिताउन बाध्य भइरहेका बेला भन्सार कार्यालयमा एक हजार थान त्यसै थन्किएका छन् ।

सरकारले भूकम्प प्रभावितका लागि भारतबाट त्रिपालहरु आयात गर्दा भन्सार छुट दिने समय सकिएको दुई दिनपछि नेपाल भित्रयाइएको कारण भन्सार छुट नपाएपछि आयात गर्ने संस्थाले त्रिपाल त्यत्तिकै छाडेर गएको र हालसम्म सम्पर्कमा नआएको भन्सार कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।