0 COMMENTS

Live-India-v-Nepal-Saff-Suzuki-cup-2015काठमाडौं, १३ पुस । साफ च्याम्पियनसिप २०१५ को लिग चरणको यात्राबाट नेपाल समुहचरण बाटै बाहिरिएको छ । समूह ‘ए’ को लिग चरणको आइतबार भएको अन्तिम खेलमा नेपाल भारतको हातबाट ४–१ ले पराजित भएकाे थीयाे ।

नेपालले सेमिफाइनलमा प्रवेशको लागि भारतलाई जित्नै पर्ने बाध्यताबीच मैदानमा उत्रिएको नेपालले उत्साहजनक सुरुवात गरेपनि यसलाई लामो समय टिकाउन सकेन ।

यसअघि पहिलो खेलमा श्रीलङ्कासँग १–० ले नतिजा सुम्पिएको नेपालका लागि आज भारतसँगको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा जित्नैपर्ने दबाब थियो । सोहीअनुसार केरलास्थित त्रिवेन्द्रममा आज नेपालले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । नेपालले खेल सुरु भएको तीन मिनेटमै गोल गर्दै १–० को अग्रता लिएको थियो ।

नेपालका लागि विमल घर्तीमगरले गोल गर्दै अग्रता दिलाएका थिए । रोहित चन्दले दिएको पासलाई नवयुग श्रेष्ठले प्रहार गरेको रिबाउण्डमा अनमार्क रहेका विमलले गोल गरेका हुन् । त्यसपछि गोल खाएर सम्हालिएको भारत २६औँ मिनेटमा रोलिन बोर्गिसको गोलबाट खेलमा फर्कियो । त्यसपछि दुवैतिरबाट केही राम्रा आक्रमण सफल हुन सकेनन् र मध्यान्तरसम्म खेल १/१ को बराबरीमा सकियो ।

मध्यान्तरपछिको ६६औँ मिनेटसम्म नेपालले आफ्नो आक्रामक खेल जारी राखेको थियो । तर कप्तान सुनिल क्षेत्रीले ६८औैँ मिनेटमा गोल गर्दै नेपालको सेमिफाइनल यात्रा कठिन हुने सङ्केत दिए । त्यसपछि पनि नरोकिएको भारतका लागि युवा खेलाडी लालिञ्जुवाला छान्टाले ८१ र ९०औँ मिनेटमा थप दुई गोल गरेपछि नेपालको यात्रा टुङ्गियो ।

नेपालले दुई वर्षअघि घरमै भएको साफ च्याम्पियनसिपमा भारतसँग २–१ ले पराजित गरेयता ११औँ खेलसम्मको गोलविहीन नेपालले आज यात्रा टुङ्ग्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।