0 COMMENTS

गोरखा, १२ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माण अभियानका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले बर्तमान सरकार राजाविनाको पञ्चायतजस्तो भएको बताएका छन् । नयाँ शक्ति निर्माण अभियानका क्रममा गृहजिल्ला गोरखा पुगेका बाबुरामले पूर्वपञ्चको हालिमुहालीले सरकारलाई नै पञ्चायतजस्तो बनाएको टिप्पणी गरे ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको सक्रियताप्रति टिप्पणी गर्दै भट्टराईले सरकरको नेतृत्वनै कमल थापाले गरेको भान हुने थालेको बताए । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरोधी थापाले अन्तराष्ट्रियस्तरमा नेपालको संविधानबारे ब्याख्या गरेको नसुहाएको उनको भनाइ थियो ।

संविधान विरोधीलाई संविधानको व्याख्या गर्न लगाएर कम्युनिष्ट भन्नेहरु पछि लागेको भट्टराईको टिप्पणी थियो । भट्टराई मनकामना पुग्दा त्यहाँ पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

त्यसक्रममा भट्टराईले तत्काल नयाँ पार्टीको घोषणा नहुने बताए । अहिले नयाँ वैकल्पिक शक्ति आवश्यक छ, भन्नेहरुसँग छलफल भइरहेको भन्दै उनले केही महिनापछिमात्रै पार्टी घोषणा हुने जानकारी दिए ।भट्टराईले आफ्नो यस पटकको गोरखा भ्रमणमा भूकम्पपीडितलाई कम्बल वितरण गरे । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।