0 COMMENTS

कोहलपुर, पुष १२ । होलिया–९ कधैपुरुवाकी २४ बर्षीय तारावती हरिजनलाई विवाहमा मोटरसाईकल, दुई लाख नगद दाइजो नल्याएको भन्दै पुष १ गते घरबाट लखेटिइन्। उनी अहिले माइतीघर फत्तेपुर–१ मा बस्दै आएकी छिन्।

भनेजति दाइजो नल्याएको भन्दै पति बाबुलाल रैदास, सासु शान्ति र ससुरा सावितरामले कुटपिट गर्दै घरबाट निकाले। चारवर्ष अघि बाबुलालसँग मागी विवाह गरेकी उनी दुई वर्षदेखि घरपरिवारबाटै हिंसाको सिकार भइन्। ुअहिलेसम्म पाँच पटक घरबाट निकालेसके,ु उनले आँशु झाँदै भनिन्, “यसपाली बञ्चरो ताकेर मार्न खोजेपछि ज्यान जोगाउन भागेर माइत आए।” “प्रहरी, मानव अधिकारकर्मीलाई उजुरी गरे छोराकौ धेरै दाईजो दिने केटीसँग विवाह गर्ने धम्की दिएका छन्,” उनले थपिन्, “हिजोआज सँधै दाइजो नल्याएको भन्दै कुटपिट गर्छन्।” सासु ससुरा, पति विवाहमा दाइजो स्वरुप दुई लाख नगद, मोटरसाइकल र जग्गा नदिएको भन्दै कुटपिट गर्ने गरेको उनले जनाइन्।

मुखमा कपडाको बुझो लगाएर कुटपिट गर्ने र अरुलाई भने मारेर फालिदिने धम्की दिएका कारण उनी सहजै मनको कुरा खोल्न सक्दिनन्। अहिलेसम्म प्रहरीमा उजुरी र रिर्पोट गरेकी छैनन्। गाउँमा पाँच पटक नेता, अगुवा मिलेर घटना सामसुम पारिएको छ। यसपाली मार्नै खोजेपछि भागेर माइती आएको उनले भनिन्। यसपाली बुवा रामप्रसादको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा छिन्।

मायावतीको बहिनी २१ की कृष्णावतीको उनकै देवर दिनेश कुमार रैदाससँग विवाह भएको छ। उनी पनि दाइजो नल्याएको भन्दै लखेटिए पछि माइतीमा बस्छिन्। “दाइजो केही नल्याएको भन्दै खाना खानसमेत घरमा दिदैनन्, जहिले पनि दाइजो नल्याएकोले घरको केही खान नमिल्ने बताउँछन्” माइतीमा बस्दै आएकी कृष्णावतीले भन्छिन्। “छोरी जेठको ‘अलक्षण’ महिनामा जन्मेको भन्दै पति, सासुसुरा लागेर धेरै पटक मार्न खाजे,ु उनले भनिन्, “यसपाली ज्यान जोगाउन छोरी साथमा लिएर माइतीमा छु। “काखे छोरीलाई कुटेर बाच्नेसम्म अवस्था छैन्,” उनले भनिन्, “मलाई कुटपिट गर्दा पुष २ गते दुई हजार रुपैयाँ खर्च भयो। “छोरीहरुलाई सोमबार नेपालगन्ज ल्याएका बुवा रामप्रसादले पति, सासु ससुरालाई कारवाही र छोरीको न्यायका लागि प्रहरीमा उजुरी दिने बताए। सात महिनाको बच्चा कुटपिट गरेकोले अवस्था गम्भीर रहेको र स्थानीय मेडिकलमा उपचार गराइरहेको बताए।–नागरिकन्यूजबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।