0 COMMENTS

काठमाडौं, १२ पुुस । मागेजति धरौटी बुझाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन जना आइजीपीहरुलाई जेल चलान गरेको छ ।
निलम्बनमा परेका सशस्त्रका आईजीपी कोषराज वन्तले अख्तियारमा बयान दिने क्रममा आफूले मात्रै नभइ अन्य तीन आइजीपले पनि भ्रष्टाचार गरेको बयान दिएपछि तिन जना पूर्व आईजीपीलाई पनि अख्तियारले बयानको लागि बोलाएको थियो ।

पूर्व आईजीपीहरु, शनद कुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ, वासदेव वलीलाई अख्तियारले हिरासतमा लिएको थियो । उनीहरुले पनि वन्तले जस्तै विभिन्न समयमा नक्कली बील बनाएर करोडौं रुपैयाँ अनियमतिता गरेको पाइएको थियो ।
अख्तियार स्रोतका अनुसार बस्नेतसँग ८ करोड, श्रेष्ठसँगष् १ करोड र वलीसँग ७० लाख धरौटी मागिएको थियो । बयानकै क्रममा उनीहरुले धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।