0 COMMENTS

rahendra-mahato काठमाडौं  ११ पुस – मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पक्राउ परेका छन् ।
प्रहरीले उनलाई जोगबनी नाकाबाट पक्राउ गरेको घटनास्थलमै रहेका पत्रकार पंकज दासले रातोपाटीलाई जानकारी दिए ।हिजो वीरगञ्जबाट विराटनगर पुगेका महतो आज भारतसँगको सीमानाका जोगबनीमा धर्ना बस्न पुगेका थिए । तर, त्यहाँ धर्ना प्रहरीले अवरोध गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर धर्नास्थल खाली गराउन खोज्दा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको छ । सो क्रममा केहि आन्दोलनकारी समेत घाइते भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।