0 COMMENTS

काठमाडौं, १० पुस । नेपाल र चीनबीच दीर्घकालीनरुपमा तेल र ग्यासको व्यापार गर्नेसहितको ८ बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र चिनिया विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।

बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा भएको आठ बुँदे सहमतिलाई संयुक्त विज्ञप्तीको रुपमा जारी गरिएको छ । सहमतिको चौंथो बुँदामा तेल र ग्यास व्यापारबारे उल्लेख छ ।

नेपालको इन्धन संकट समाधान गर्न मध्यकालीन र दीर्घकालीन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन सहमत भएको छ । यसकासाथै प्रधानमन्त्रीको तहमा एकअर्को देशको भ्रमण गर्ने तथा विगत ६० वर्षदेखिको घनिष्ट सम्बन्धलाई अझै प्रगाढ बनाउने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाल-चीन सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू तथा सीमा नाकाहरू व्यवस्थित गर्ने सहमति पनि भएको छ । यससँगै दुई देशबीच बिप्पा सम्झौतासमेत हुनेछ ।भेटवार्तामा परराष्ट्रमन्त्री थापाले चिनियाँ पर्यटकलाई विनाभिषा नेपालको भ्रमण गर्ने व्यवस्था गर्ने बताएको बुझिएको छ । चीनले भूकम्पपछि नेपाल भ्रमणमा जानुअघि सुरक्षा सतर्कता अपनाउन जारी गरेको अलर्टपनि आजैदेखि हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।