0 COMMENTS

Bindu-Pariyar_Porn-Starनेपालकी ‘पोर्नस्टार’ का रुपमा परिचित बिन्दू परियारले आफ्ना पूर्वपतिविरुद्ध दायर गरेको एक मुद्दामा ठूलो जित हासिल गरेकी छन् । अदालतले उनले दायर गरेको मुद्दामा उनको पक्षमा फैसला गर्दै उनका पतिबाट ७२ करोड रुपैयाँ भराएको हो ।

बिन्दुले अमेरिकाको टेक्सासस्थित डलास काउन्टी अदालतमा उक्त मुद्दा दायर गरेकी थिइन । डलास काउन्टी अदालतले बिन्दुको पक्षमा फैसला सुनाउँदै ७२ करोड रुपैयाँ क्षतिपूर्ति भराउन पतिलाई आदेश दिएको हो ।

बिन्दुले यसअघि टम रान्डेल सिवेलसँग बिवाह गरेकी थिइन । ५८ वर्ष पुगेका उनका पति टम रान्डेल सिवेलले आफूलाई पोर्न फिल्म खेल्न बाध्य बनाएको दावी गर्दै बिन्दुले अदालतमा मुद्दा दायर गरेकी थिइन । २७ वर्षकी बिन्दुले गरेको दावी र पेश गरेको प्रमाण पुष्टि भएको भन्दै आदलतले उनका पतिबाट साढे ७२ लाख अमेरिकी डलर क्षतिपूर्ती भराउन आदेश दिएको छ ।

पति सेवेलले आफूलाई यौन फिल्म खेल्न बाध्य पारेको, भिडियो र फोटो खिचेर इन्टनेटमा हालेको अभियोग बिन्दुले लगाएकी थिइन । साथै पति सेवेलले आफूलाई नेपाली लुगा लाउन नदिएको आरोप पनि बिन्दुले लगाएकी थिइन । पूर्वपतिले नेपाली लुगा लगाउन नदिएर मिनिस्कर्ट मात्र लगाउन बाध्य पारेको, आफूलाई स्तन प्रत्यारोपण गर्न लगाएको, राहदानी लुकाइ स्ट्रिप क्लबमा काम गर्न बाध्य पारेको आरोप पनि उनले आफ्नो मुद्दामा लगाएकी थिइन । तर, स्ट्रिप क्लबबाट पूर्वपतिले चाहेजति कमाउन नसकेपछि बिन्दूलाई पतिकै निर्देशनमा यौन सम्पर्क गर्न बाध्य बनाइ भिडियो खिचेर सार्वजनिक गरेको बिन्दुको भनाई छ । पतिले पोर्न फिल्म खिच्न थालेपछि उनले त्यो व्यवहार सहन नसकी उनलाई छाडेकी थिइन् ।

पूर्वपति सेवेलले सेक्स भिडियो इन्टरनेटमा हालेपछि उनी विश्वभर पोर्नस्टार भइसकेकी थिइन् । इच्छाविपरित पोर्नस्टार बनाएपछि बिन्दूले पतिसँगको सम्बन्ध सन् २०१२ तोड्दै छुट्टै बस्न थालेकी थिइन् ।

बिन्दुले आफू अलग्गिएपछि पनि पूर्वपतिले कलेजको बेवसाइटमा गएर ‘प्रोस्टिच्युट’ लेखिदिएर थप कष्ट दिएको बताएकी छन् । इन्टरनेटमा पोर्न भिडियो राखिदिएपछि उनलाई आममानिसले पनि भिडियो हेरेको भन्दै सेक्स प्रस्ताव राख्ने गरेका थिए । यसरी पतिबाट बदनाम भएपछि उनी अदालत पुगेकी थिइन् । अलग्गिएपछी आफूले पतिलाई आफ्ना भिडियो र फोटो इन्टरेनटबाट हटाइदिन आग्रह गरेको तर उनले नमानेपछि अदालतमा जान बाध्य भएको उनको दावी छ । बिन्दूले गत वर्ष अमेरिकाको डल्लास काउन्टीमा पति सिवेलविरुद्ध मुद्दा हालेकी थिइन् । कक्षा १२ सम्मको अध्ययन नेपालमै पूरा गरी बिन्दु अमेरिका गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।