0 COMMENTS

mantriparisad-super-final-final-final1काठमाडौं, ९ पुस- सरकारले दुई मन्त्रालय थप्दै मन्त्रीपरिषद् बिस्तार गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दलहरुलाई भागवण्डा मिलाउन तीन मन्त्रालय फुटाएर नयाँ दुर्इ मन्त्रालय थपेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जसमा राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेम बहादुर सिंह मन्त्री बनेका छन् । बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपनी मन्त्रालयको जिम्मेवार पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बााकी छ ।

यससँगै मन्त्रालयको संख्या २८ पुगेको छ । स्वाथ्य तथा जनसंख्याबाट जनसंख्या झिकिएको छ भने विज्ञान प्रविधि तथा वातावरणबाट वातावरण झिकेर जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाइ तथा खोनपनी मन्त्रालय बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।