0 COMMENTS

काठमाडौं, पुष ८ । प्रेम सम्बन्धमा धोका पाएको भन्दै तीन जना किशोरीमाथि एसिड छ्यापेको आरोपमा मुद्दा खेपिरहेका जीवन बिकलाई कसुरवापत १० वर्ष जेल सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतले विकलाई १० वर्ष जेल सजायको फैसला सुनाएको हो । बिकमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजालसले बुधबार फैसला गर्दै जीवन बिकले ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै १० वर्ष जेल सजायको फैसला गरेको हो ।

२०७१ फागुन १० गते ट्युसन पढ्न गएका किशोरीहरुमाथि वसन्तपुरमा जीवन बिकले एसिड छ्यापेका थिए । एसिडको प्रहारले संगीता पुलामी, सीमा बस्नेत र हेमु मुखर्जी घाइते भएका थिए । संगीता पुलामीको शरीमा भने गम्भीर क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।