0 COMMENTS

 काठमाडौं, ८ पुस । सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत गराएएको छ ।

विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले सचेत गराएको छ ।

कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले हालै ‘फोरेट’ नामक १६ औं विषादीमा प्रतिबन्ध लगाएको छ ।

निर्देशनालयले अहिलेसम्म १५४२ विषादी दर्ता गरेको छ । दर्ताबाहेकका विषादी प्रयोग गर्न पाइँदैन । कारोबार दैनिकमा खबर छ ।

प्रतिबन्धित विषादीहरु
१ क्लोरोडेन
२ डीडीटी
३ डाइअल्ड्रिन
४ इन्डिन
५ अल्ड्रिन
६ हेप्टाक्लोर
७ मिरेक्स
८ इन्डोसल्फान
९ टोक्साफेन
१० बीएचसी
११ लिन्डेन
१२ फस्मामिड
१३ मिथायल माराथायन
१४ अर्गेनोमर्करी क्लोराइड
१५ मोनोक्रोटोफस
१६ फोरेट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।