0 COMMENTS

पुस ८, काठमाडौँ । अवैध रुपमा अमेरिका जाने क्रममा ग्वाटेमालामा १६ नेपाली पक्राउ परेका छन् ।

एउटै समूहमा रहेका १७ बंगलादेशीसँगै ती नेपाली पक्राउ परेको ग्वाटेमालाका अधिकारीले बताएका छन् ।

उनीहरु बस चढेर ग्वाटेमाला सिटी जाने क्रममा आइतबार पक्राउ परेका हुन् । मानव तस्करीको सूचना पाएर छापा मार्दा उनीहरु पक्राउ परेको ग्वाटेमाला प्रहरीले जनाएको छ ।

उनीहरुलाई सरकारी आवासमा राखिएको छ । उनीहरु एसियाबाट अफ्रिका कसरी आइपुगे भन्नेबारे केही खुलाइएको छैन । -कान्तिपुर दैनिक-

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।