0 COMMENTS

काठमाडौं, ८ पुस । पैसा राख्न वा निकाल्न बैँक जाँदै हुनुहुन्छ भने पहिला लोडसेडिङको तालिका हेर्नु होला । अन्यथा तपाईंले पैसा राख्न वा झिक्न नपाउन सक्नुहुन्छ । इन्धन अभावका कारण बैँक तथा वित्तीय संस्थाहरुले बत्ती आउने समयमा मात्रै यस्तो कारोबार गर्न थालेका छन् ।

इन्धान अभावका कारण सबै बैँक तथा बित्तीय संस्थाले सन्ध्याकालीन सेवा बन्द गरिसकेका छन् । सेवा खुल्ने भनिएको समयमा पनि बत्ती आएको बेलामा मात्रै सेवा सञ्चालन हुन थालेको छ । राजधानी दैनिकमा खबर छ ।

आफूहरुको सेवा सञ्चालन गर्नका लागि आवश्यक न्यूनतम इन्धन पनि नपाएका कारण सन्ध्याकालीन सेवा बन्द गर्नु परेको बैँकर्सको भनाई छ ।

सरकारले अत्यावश्यक सेवा भन्दै विभिन्न सेवाका लागि इन्धनको व्यवस्था गरेपनि बैँकिङ सेवाका लागि अहिलेसम्म त्यस्तो व्यवस्था गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।