0 COMMENTS

काठमाडौं, ८ पुस । भारतीय नाकाबन्दीको बीचमा पनि छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ ।

राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको हो ।

राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास ती दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै लुट्न थालिएको छ । नागरिक दैनिकमा खबर छ ।

‘चितवन र धादिङ सिडिओ कार्यालयले प्रत्येक साता ८ सय सिलिन्डर नदिए ग्यास काठमाडौँ लानै नदिने भनेका छन्, असरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले भने,‘एउटा उद्योगबाट ८ सययका दरले सिडिओलाई किन ग्यास चाहियो ?’

उद्योगीका अनुसार हाल श्रीकृष्ण, साइबाबा, बाबा, नारायणी, ओम, एभरेस्ट, सुगम, राजधानी, श्रीराम, भानुलगायत ग्यास उद्योग चितवन र धादिङमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।