0 COMMENTS

bomb-dispozal-robot-in-nepaपुस ७, काठमाडौं । नेपाली सेनाले बम डिस्पोजल रोबोट खरिद गरेको छ । २०७० चैत २६ गते नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी सेनाले खरिद गरेको हो ।

प्रधान सेनापति राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा जङ्गीअड्डा परिसरमा आज एक विशेष समारोहबीच नेपाली सेनाले खरिद गरेको रोबोटको निर्माणकर्ता गणेश विक्रम सिंहको टोली र सेनाबीच खरिद सम्झौता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

अहिले खरिद गरीएको बम डिस्पोजल रोबोट बाट सानातिना झाडी, बुट्यान, सडक छेउछाऊ तथा घरको भुँइतल्लामा राखिएका बम सुरक्षित तवरले निष्क्रिय गर्न गरीने सेनाले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।