0 COMMENTS

पुस ७, काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई मलेशियाको कम्पनी एक्जिएटाले किनेको छ । एनसेलमा रहेको आफ्नो ६० दशमलव ४ प्रतिशतशेयर झण्डै १ खर्ब ४० अर्ब नेपाली रुपैयाँमा मलेशियाको कम्पनी एक्जिएटालाई बेचेको हो ।

 

यस्तै टेलियासोनेराका नेपाली साझेदार निरज गोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत शेयर एक्सिएटाले छानेको साझेदार श्रीमती भावना सिंह श्रेष्ठलाई विक्री गर्ने पनि जनाएको छ । भावना सिंहको नाममा सिंगापुरमा दर्ता भएको कम्पनी सुनिवेरा क्यापिटल भेन्चर्स प्रालिबाट झण्डै चार करोड असी लाख अमेरिकी डलमा बिक्री गरिने जनाएको छ ।

यस्तै एनसेलको अर्को लगानीकर्ता कम्पनी भाइजरले पनि एनसेलमा रहेको आफ्नो १९ दशमलब ६ प्रतिशत शेयर पनि एक्सिएटालाई बिक्री गर्ने टेलियासोनेराले निकालेको विज्ञप्तिमा उल्लेख छ । यो संगै एनसेलमा एक्जिएटाको शेयर ८० प्रतिशत हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।