0 COMMENTS

तुलसीपुर (दाङ), ५ पुस । तुलसीपुर नगरपालिका– १९ निवासी सावित्रा ढकाल आफ्ना ससुरा शेषमणि गौतमको किरियामा बसेकी छन् ।

गत बिहीबार बेलुका ६७ वर्षीय ससुराको निधन भएको हो । सावित्राका श्रीमान् अशोक पण्डित स्व गौतमका एक मात्र छोरा हुन् जो हाल रोजगारीका सिलसिलामा मलेसियामा छन् ।

सात वर्षदेखि रोगले थलिएका ससुराको स्याहारसुसार समेत गर्नुभएकी सावित्राले समाजमा रहेको कुसंस्कृतिलाई तोड्दै आफू किरियामा बसेको बताए ।

उनकी सासूको भने पाँच वर्षअघि नै निधन भइसकेको छ । कोरावस्त्र पहिरेर किरियामा बसेकी सावित्राले ससुरालाई वैदिक परम्पराअनुसार बबईघाटमा दागबत्ती दिएर अन्त्येष्टि गरेका थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।