0 COMMENTS

पुस ५, रौतहट । रौतहटको बीपीचोकमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ ।

प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई हटाउन प्रहरीले हवाई फायर र अश्रूग्यास प्रहार गरेको छ । दुई राउण्ड गोली र आधा दर्जन सेल अश्रूग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरी बिटमा एक्कासी ढुंगा प्रहार गरेपछि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शनिबार पनि बीपी चोकमा दुई पक्षबीच झडप भएको थियो ।

शनिबारको झडपमा प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै पाँच राउण्ड हवाइ फायर गरेको थियो । अहिले रौतहटको बीपीचोक तनावग्रस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।