0 COMMENTS

पुस ५, बैतडी । शनिबार बिहान पश्चिम नेपालमा गएको ५.५ रिक्टर स्केलको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ ।

बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ठुलसैनका घरमा क्षति पुगेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको उनले जनकारी दिए ।

शनिबार बिहान ४ बजेर २ मिनेट जाँदा बाजुराको जगन्नाथ गाविस आसपास केन्द्रबिन्दु भई भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिम, मध्यपश्चिमलगायत जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।