0 COMMENTS

rape-in-busकाठमाण्डाै ३ पूस । चौधारी गाविसका ५५ वर्षीय धनबहादुर विष्टले यौनसम्पर्कका लागि चार लाख दिएको तमसुक बनाएर १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।जेठाबुबा नाता पर्ने उनले ६ कक्षामा पढ्ने भैरवनाथ गाविसकी बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनबहादुरले मंगलबार राति १ बजेतिर पीडित बालिका भाउजूसँग सुतिरहेका वेला उनकै घरमा आई पैसा फिर्ता गर्नुपर्ने काम छ भनेर बाहिर बोलाएका थिए । ‘रक्सी खाएर ढोकामा बेस्सरी ढकढक गर्‍यो । के काम छ भनेर भाउजूले भन्दा त्यसको पैसा फिर्ता गर्नुपर्नेछ भनेर भन्यो,’ पीडित बालिकाले भनिन्, भोलि आउनु भन्दा पनि अहिले नै दिन्छु भनेर हल्ला गर्न थालेपछि भाउजूले ढोका खोल्नुभयो ।

’ आफू बाहिर आएपछि नजिकै रहेको अर्काे घरमा सुतेकी आमाको अगाडि पैसा दिन्छु भनेर लगेको उनले बताइन् । तर, केही अगाडि बढेपछि मुख थुनेर नजिकै रहेको खेतमा लगेर बलात्कार गरेको बालिकाको भनाइ छ । धनबहादुरले भने तीन वर्षदेखि आफूहरूको प्रेम सम्बन्ध रहेको र सो दिन पनि बालिकाले नै आफूलाई यौन सम्बन्ध राख्नका लागि बोलाएको बताएका छन् ।

यौन सम्बन्ध राखेबापत आफूले चार लाख दिइसकेको पनि उनले बताए । उनले बालिकाको नाममा चार लाख दिएको तमसुकसमेत देखाएका छन्।तमसुकमा असोज ०७१ देखि विष्टसँग आफ्नो सुमधुर प्रेम रहेको र यसबीचमा विष्टबाट पालनपोषण खर्चबापत चार लाख लिइसकेको व्यहोरा उल्लेख गरिएको छ ।

आगामी दिनमा पनि महिनावारी तलबस्वरूप मासिक १० हजारका दरले विष्टबाट लिने उल्लेख गरिएको छ ।पीडित बालिकाले सो कागजबारे आफूलाई केही थाहा नभएको र कागजमा आफूले हस्ताक्षरसमेत नगरेको बताएकी छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।