0 COMMENTS

Madeshi-Morcha-Meeting ३पुस,काठमाडौं । नयाँ संविधानमा आफ्नो अधिकार नसमेटिएको भन्दै आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप आन्दोलनको घोषणा गरेको छ । माोर्चाको आज बसेको बैठकले११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

राजधानीमा दुई दिनसम्म चलेको मधेसी मोर्चाको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पुस ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रमबारे जानकारी दिएको छ । दुईदिनसम्म बसेको बैठकले संविधान संशोधन विधेयक जलाउने, मसाल जुलुस गर्ने, जिल्लामा सभाहरू गर्ने, लाठी जुलुस गर्ने लगायत मन्त्रीदेखि सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउनेसम्मका कार्यक्रमहरू तय गरेको सम्मेलनमा जानकारी दिइएको छ । मधेसमा हुने सरकारी तहका सबै गतिविधि र कार्यक्रममा रोक लगाउने पनि मोर्चाको आन्दोलन रहेको छ ।

पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अहिलेसम्म १५ चरणका वार्तामा सरकार गम्भीर नभएको आरोप लगाए । उनले मोर्चा लचकताका साथ वार्तामा बसेपनि सरकार गम्भिर नभएको भन्दै अबका वार्ता राजधानीमा नहुने र अबको वार्ता मधेसमा मात्रै हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।