0 COMMENTS

kosशुक्रबार, ३ पुस ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न गरेको सिफारिस अन्यौलमा परेको छ । कार्यवाहक कसलाई दिने भन्नेमा कुरा नमिलेपछि वन्तलाई निलम्बन गर्ने कुरा अन्यौलमा परेको हो ।

सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच कार्यवाहकका विषयमा कुरा नमिलेपनि वन्तको निलम्बनमा निर्णय हुन सकेको छैन ।
स्रोतका अनुसार बिहीबार राती बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कार्यवाहकका विषयमा छलफल भएपनि कुरो मिल्न नसकेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले वन्तपछिको मर्यादमा रहेका दुर्जकुमार राईलाई दिनुपर्ने बताएका छन् एमाओवादी अध्यक्ष दाहालले तेस्रो मर्यादमा रहेका कृष्णकुमार तामाङलाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । राईपछि रहेका जीवन थापाका विषयमा पनि प्रधानमन्त्री सकारात्मक छन् ।

तर तामाङलाई बनाउन नहुनेमा उनको अडान छ । त्यही विषयमा कुरा नमिलेपनि वन्तको निलम्बन रोकिएको उच्चस्रोतले बताएको छ । शुक्रबार बिहान मन्त्रिपरिषदको बैठक बसेर वन्तको निलम्बनका विषयमा निर्णय लिने तयारी भएपनि त्यो पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।