0 COMMENTS

दोलखा, १ पुस । जिल्लाको काभ्रे गाविसको मैनापोखरी बजारमा रहेको कालिन्चोक आयल स्टोरले इन्धन कालोबजारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ ।

स्टोरले स्थानीय प्रशाशनको आँखा छलेर ८६ रुपैयाँ पचास पैसा प्रतिलिटर पर्ने डिजेललाई १२० देखि १५० मा बिक्री गरेको पाइएपछि सिलबन्दी गरेको हो ।

उक्त आयल स्टोरका सञ्चालक शिवप्रसाद लामिछानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए । ‘छ हजार लिटर डिजेल चर्को मूल्य असुलेर बिक्री गरेको जानकारीमा आएको छ, अनुसन्धान गर्दैछौँ,’ उनले भने ।

सो परिमाणको डिजेल उक्त आयल स्टोरले गत आइतबार थानकोटबाट मैनापोखरी ल्याई बिक्री गर्दैगरेको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।