0 COMMENTS

bidhyadevi-bhandariपुष १, जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिरोध गरेपछि बिभिन्न स्थानमा प्रहरीले आन्दोलनकारीहरुलाई अश्रुग्यास प्रहार गरेको छ ।

मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका बिभिन्न स्थानमा सरकार तथा तीन दलविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । बिरोध प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले जनकपुरको भानुचोक, जनकचोक र शिवचोकमा अश्रुग्यास प्रहार गरेको छ भने प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भईरहेका छन् ।आन्दोलनकारीले ढुङ्गा मुढा गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रण लिने क्रममा तीन राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो । आन्दोलनकारीले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए । प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि श्रद्धालु हरुको भागाभाग भएको थियो । झडपमा परि २४ जना भन्दा बढी घाइते भएका छन् ।

रामजानकी मन्दिरको दर्शन गर्नका लागि राष्ट्रपति बिध्यादेवी भण्डारी जनकपुर आउने जानकारी पाएलगत्तै मोर्चाका कार्यकर्ताहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए । राष्ट्रपति भण्डारीले आज रामजानकी मन्दिरको दर्शन तथा मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । उनकै सुरक्षाका लागि भन्दै जनकपुर आएका दर्शनार्थीहरुलाई मन्दिर परिसरबाट हटाइ स्थान खालि गराईएको छ ।जनकपुरमा अहिले कुनै अप्रिय घटना हुन नदिन उल्लेख्य संख्यामा प्रहरी सुरक्षाकर्मी तथा सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।