0 COMMENTS

Haribol-Gajurel-219x300काठमाडौं, १ पुस । माया भन्ने चिज नै अनौठो । कहिले रुवाउँछ, कहिले हँसाउँछ, आँसु र हाासोको संगम पनि गराउँछ ! ठ्याक्कै यस्तै भएको छ अहिले एक माओवादी मन्त्रीको जीवनमा । यो त्यतिबेलाको कुरा हो, जब पार्टीले भर्खर जनयुद्ध आरम्भ गरेको थियो ।

सिन्धुलीका माओवादी नेता शेरमान कुँवर ‘विशाल’ र उनकी जीवनसंगिनी निरु दर्लामी कुँवर ‘शिला’ पनि भूमिगत भइसकेका थिए । त्यति नै बेला शिला बिरामी परिन् । उनको उपचारार्थ पार्टीले काठमाडौंमा भूमिगत रुपले सक्रिय हरिबोल गजुरेल ‘शीतलकुमार’लाई खटायो । काठमाडौंको कलंकीमा कोठाभाडा लिएर भूमिगत जीवन बिताइरहेका थिए शीतलकुमारले ।

शिला आइन्, उनलाई उपचारको क्रम पनि अघि बढ्यो । यसका साथै शिलामाथि हरिबोलको रोमान्टिक नजर पनि गढ्दै गयो । भूमिगत अवस्था, सबैबाट बचेर हिँड्नुपर्ने र एउटै कोडामा कठिनसँग बस्नुपर्ने । शिला बिरामी भए पनि हरिबोला र शिलाबीच अन्तरंग सम्बन्ध कायम भयो ।

शिला उपचार गराएर फर्किएपछि पार्टी मुख्यालयमा उजुरी पर्यो, म बिरामी भएर उपचार गर्न गएका बेला शीतलकुमारले जबर्जस्ती यौनसम्बन्ध कायम गरेर अन्याय गरे, न्याय पाउँ भनेर । यो उजुरी ठूलो बहसको बन्यो । यस काण्डमा हरिबोलले बाबुराम भट्टराईको साथसहयोग खोजे । तर, बाबुरामले यस्ता सांस्कृतिक विचलनमा उनलाई साथ दिन नसक्ने प्रष्ट पारे ।

त्यतिबेलासम्म बाबुरामको प्रमुख सहयोगी र सल्लाहकारका रुपमा रहेका हरिबोल यसै बिषयलाई लिएर बचाउने आशाका साथ प्रचण्डसमक्ष पुगे । प्रचण्डले हरिबोललाई च्यापे । त्यसदिनदेखि अहिलेसम्म पनि हरिबोल प्रचण्डका कट्टर पक्षपातीका रुपमा रहिरहेका छन् । शिलाको उजुरीमा व्यापक छलफल गरी हरिबोलका गतिविधि पार्टी, क्रान्तिविरुद्ध रहेको निष्कर्षसहित पार्टी दस्तावेजमा समेत उल्लेख गरियो ।

यस घटनापछि बाबुराम र हरिबोल कहिल्यै एकै ठाउँमा उभिन सकेनन् । पछि केन्द्रीय समिति बैठक सकेर कार्यक्षेत्रमा फर्कंदा सिन्धुलीका ३ जना माओवादी केन्द्रीय नेता सेनाको कारवाहीमा मारिए । यसमा शेरमान पनि परे । त्यसबेलादेखि यो विषय रहस्यका रुपमा रहँदै आएको छ ।

एमाओवादी विभाजित हुनु केही महिनाअघि पार्टी मुख्यालयमा शेरमानको हत्यामा हरिबोल संलग्न रहेको भनी शिलाले उजुरी हालिन् । तर, यसको कहिल्यै सुनुवाई भएन । बरु मोहन वैद्य किरणको नेतृत्वमा पार्टी नै विभाजित भयो । हरिबोल भएको पार्टीमा नबस्ने भन्दै शिला वैद्यको पार्टीमा लागिन् ।

संविधानसभा दोस्रो निर्वाचनमा सिन्धुली–३ नम्बर क्षेत्रमा हरिबोल उम्मेदवार बने । वैद्य माओवादीले चुनाव सक्रिय बहिस्कार गर्ने घोषणा गर्यो । शिला सोही निर्वाचन क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचनमा विद्रोही उम्मेदवार बनी आधिकारिक लिलामणि पोखरेललार्य हराएर विजयी बनिन् । शिलालाई सहयोग नगर्नू र पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नु भनी पार्टीले वक्तव्य जारी गर्यो ।

हरिबोलले पनि जिल्लामा शिलालाई होइन, लीलामणिलाई भोट हाल्नू भनी निर्देशन, भाषण ठोके । दोस्रो निर्वाचनमा उल्टो भयो । शिला बहिस्कार गर्ने र हरिबोल उनको क्षेत्रबाट चुनाव लड्ने । शिलाले पार्टी नीतिबमोजिम हरिबोल चुनाव प्रचारमा आए खुट्टा भाँच्ने भनी चुनावी क्षेत्रमै भाषण ठोकिन् । हरिबोलले भने चुनाव जिते । अहिले हरिबोल कृषिमन्त्री भएका छन् । बीसौं वर्षदेखि नदीका दुई किनाराझैं भएका हरिबोल शीलाबीच फेरि मिलाप सुरु भएको छ । हरिबोलका सचिवलायका मासिनलाई नै छक्क पारेर चार हप्तामा चार पटक शिला र हरिबोल मन्त्रीको गोप्य कक्षमा आधा–आधा घन्टा बसिसकेका छन् । बाहिर हरिबोलको चुनावमा शिलाको प्रतिरोधका बावजुद खटिने पार्टी कार्यकर्ता मन्त्रीलाई कुरिरहेका हुन्छन्, उनी व्यस्त रहेको भन्दे शिलासँग गोप्य कोठामा बात मारिरहेका हुन्छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।