0 COMMENTS

मंसिर २९, विराटनगर । पुर्वका नाका सहज बन्दै गएपछि आज रातिमात्र ५४ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएको छ ।

आज राति पुर्वी नाका विराटनगरको रानी र काँकडभिट्टाबाट ३९ ट्याङ्कर डिजेल, १४ ट्याङ्कर पेट्रोल, एक हवाई इन्धन, सात औषधीका ट्रकसहित सयौंको संख्यामा मालसामान बोकेका ट्रकहरु नेपाल भित्रिएका छन् ।

मधेसी मोर्चाका नेताहरुको भारत भ्रमणसंगै नाकामा हुने धर्ना तथा बिरोधको कार्यक्रम नहुँदा नाकाहरु सहज बन्दै गएका छन् । नाकाहरुमा मधेसी मोर्चाका कार्यकर्ताहरु देखिन छाडेका छन् भने धर्नामा बस्नको लागि बिहानै बिभिन्न नाकाहरुमा खटिने मधेसी मोर्चाका कार्यकर्ताहरु धर्नामा सहभागी हुन छाडेपछि नेपाल-भारत नाकाहरु सहज हुँदैजाने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।