0 COMMENTS

मङ्सिर २९, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ ।

ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुने महानरपालिकाले जनाएको छ । यी बसहरू व्याट्री चार्ज गरेर चलाउन सकिन्छ ।

चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्नेछ । यस्तै महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । यी संगै चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।

अनुदानमा प्राप्त विद्युतीय बस र आफुले किनेका गरि ३० ओटा बस साझा यातायातमार्फत सञ्चालन गर्ने महानागरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।