0 COMMENTS

काठमाडौं, २९ मंसिर । भूकम्पपीडितका लागि राहत र प्रभावित क्षेत्र पुनर्निर्माण अघि बढाउन बनेको प्राधिकरण विधेयक रोकेकोमा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । कांग्रेसले प्राधिकरण विधेयकसँगै आफ्नै नेतृत्वको सरकारले संसद्मा दार्ता गराएको संविधान संशोधन विधेयक पनि संसदको कार्यसूचीमा राख्नुपर्ने भन्दै सदन अबरुद्ध गर्दै आएको छ । यसले गर्दा प्राधिकरण विधेयक अघि बढ्न पाएको छैन । प्राधिकरण विधेयक नआउँदा भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । पुनर्निर्माणको काम पनि अघि बढ्न सकेको छैन ।
कांग्रेस सहमहामन्त्री पूर्ण बहादुर खड्काले प्राधिकरण विधेयक रोकीनु दूर्भाग्य भन्दै मंगलबार ंसद् बैठक अवरुद्ध गर्न नहुने बताए । ‘आफैंले अघि बढाएको प्राधिकरण गठन सम्बन्धि विधेयकलाई कुनै पनि बहानामा रोकीनु हुन्न विधेयक रोकिदा अन्तराष्ट्रिय समुदायसँग समेत अविश्वास बढ्छ,’ खड्काले कान्तिपुरसँग भने, ‘भोली (मंगलबार) पास गर्नुपर्छ ।’ उनले संविधान संशोधन विधेयकलाई अर्को बैठकमा राख्ने गरी कांग्रेसले सहमति खोज्नुपर्ने पनि बताए । ‘नगरे कांग्रेसका लागि पनि हित हुन्न,’ उनले भने, ‘भूकम्पपीडितको नाममा कांग्रेसले अपराध गर्न हुन्न ।’ कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।