मंसिर २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलीदेखि सुरु हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीको १३ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ ।
कांग्रेसले बैठकमा आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनको बिषयमा र संबिधान संसोधन तथा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी विधेयक अघि बढाउने बिषयमा आफ्नो छलफल अघि बढाउने बताइएको छ । कांग्रेसका कारण भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी विधेयक अघि नबढेको भन्ने जनताको पछिल्लो बिषयलाई समेत केन्द्रमा राखी कांग्रेसको बैठकमा बहश हुने बताइएको ।
कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुदैछ ।