काठमाडौं, २९ मंसिर । पेरिस आक्रमणपछि मुस्लिम अतिवादी संगठन आइएस (इस्लामिक स्टेट) पश्चिमी देशका लागि नयाँ आतंक बन्दै आएको छ । इराक र सिरियाका केही भूभाग कब्जामा लिइउर आफ्नो गतिविधि विस्तार गर्दै आएको यो समूहले विश्वकै धेरै देशलाई तनाव दिइरहेको छ । दक्ष्णि एसियामा आईएको थ्रेट बढ्दै गएको छ । बंगालदेशमा चार जनाको हत्या भइसकेको छ भने भारतमा आईएससँग आबद्ध व्यक्तिहरु पटक पटक पक्राउ पर्दै आएका छन् ।
छिमेकी भारतमा मात्र होइन नेपालमा पनि आईएस विरुद्ध सतर्कता अपनाइएको छ । नेपालमा आईएसबाट कुनै थ्रेट नभएपनि नेपाललाई सेल्टर बनाउन सक्ने आशंकामा गृहमन्त्रालयले विशेष सतर्कता अपनाउन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागलाइृ निर्देशन दिएको छ । आईएसकै बढ्दो गतिविधिका कारण अधयागमन विभागले सियराका नागरिकलाई भिजिट भिषा नदिने प्रस्ताव अगाडी बढाएको छ । नेपापलमा सिरियन नागरिकहरु नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पटक पटक पक्राउ पर्दै आएका छन् । इराकका नागरिकलाई पहिले देखि नै भिजिट भिषा रोकिदै आएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार भारतले पनि पछिल्लो समय दाउन इब्राहिमसँगै आईएसमा संलग्न व्यक्तिहरु बारेमा बारम्बार सूचना नेपालका सुरक्षा अधिकारीलाई दिएर निगरानी गर्न आग्रह गर्दै आएको छ । सोही अनुसार नेपाल प्रहरीको विशेष व्युरोले सक्रियता बढाएको छ ।
नेपालको विमानस्थल सुरक्षा चेकिङ प्रणाली कमजोर भएकाले विदेशी आतंकवादी समूहहरु नेपालमा प्रवेश गर्न सक्ने चिन्ता धेरैको रहेको छ । सोही अनुसार गृह मन्त्रालयले पनि एयरपोर्टको सुरक्षामा विशेष चासो ािँदै आएको छ । नेपाल प्रहरीले अध्यागमनको जिम्मेवारी आफूले पाउनुपर्ने भन्दै लविङ गर्दै आएको छ ।
नेपालमा इन्डियन मुजाहिद्दीन र दाउदका सहयोगीहरु त पटक–पटक पक्राउ पर्दै आएका छन् । दुई साता अघि मात्रै दाउदका एक सहयोगीलाई काठमाडौं बाट पक्राउ गरिएको थियो । दृष्टि साप्ताहिकमा खबर छ ।