0 COMMENTS

काठमाडौं, २९ मंसिर । व्यवस्थापिका संसद्का ३८ सांसदहरुले आर्थिक वर्ष ०७२/७३ को सम्पत्ति विवरण बुझाएको छैनन् । संसद् सचिवालयले कुल ५ सय ९७ सांसदमध्ये ३८ जनाले सम्पत्ति विवरण नबुझाएको सूचि राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको हो ।

सम्पत्ति विवरण नबुझाउने सांसदमा उर्मिलादेवी शाह, अनिकुमार रुंगटा, अभिषेकप्रसाद शाह, आङटावा शेर्पा, आनन्दप्रसाद ढुंगाना र उपेन्द्र यादव छन् ।

यसैगरी कर्णबहादुर विक, कञ्चन चन्द्र वादे, कमलेश्वर पुरी गोस्वामी, कुमारी लक्ष्मी राई, गणेशप्रसाद विमली, जनकबहादुर बुढा, जगिलाल राय, दिनेशप्रसाद शाह, दिलीपकुमार शाह तेली र नरसिंह चौधरी छन् ।

सम्पत्ति विवरण नबुझाउनेमा निर्जला राउन, पद्मनारायण चौधरी, प्रदीप गिरी, बलबहादुर केसी, माधवी राना शाह, मोहनबहादुर बस्नेत, मोहम्मद जाकिर हुसेन र रञ्जित कर्ण छन् । त्यस्तै, लक्ष्मणलाल कर्ण, लालबाबु सिंह भइहार, लोकमणि ढकाल, विराट विष्ट, शारदा पौडेल, शिवजी यादवले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

यसैगरी, शिवबहादुर खड्का, शीला शर्मा (खड्का), सुनीलकुमार यादव, सुरेन्द्र चौधरी, सूर्यदेव दास उराव, सूर्यमान गुरुङले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । निलम्बनमा परेका सभासद सञ्जयकुमार शाहको पनि सम्पत्ति विवरण आएको छैन । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।