0 COMMENTS

काठमाडौँ, मङ्सिर २८ । नेपाल क्रिकेट संघ (क्यान)को विवादास्पद साधारणसभा आज हुँदैछ । क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्ष चुनावी साधारणसभाको तयारीमा जुट्दा अध्यक्ष टंक आङबुहाङ नेतृत्वको अर्को पक्ष भने विरोधमा उभिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले समेत तत्काल साधारणसभा नगर्न निर्देशन दिएको अवस्थामा क्रिकेट संघको साधारणसभा झनै विवादित भएको छ । साधारणसभाको लागि प्रतिनिधि छनौट पारदर्शी नभएको, संघभित्रको आर्थिक अनियमितता, प्रशासनिक एवं व्यवस्थापकीय कमजोरीका बारे परिषदले सोधेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै राखेपले साधारणसभा रोक्न निर्देशन दिएको हो । यो निर्देशन लत्याउँदै एउटा पक्षले काठमाडौंमा केही पदाधिकारी र प्रतिनिधिको सहभागितामा साधारणसभा गर्न लागेको हो ।

आन्तरिक विवाद एवं खेलकुद परिषदसँगको असामान्य सम्बन्धको कारण आज र भोलि हुने साभारणसभाले नयाँ नेतृत्व चयन गरेपनि त्यो विवादित हुने निश्चित छ । राष्ट्रिय खेलकुद परिषदले भने क्रिकेट संघ विघटन गरी नेकपा एमालेका एकजना नेताको नेतृत्वमा नयाँ बोर्ड गठन गर्ने तयारी गरिरहेको छ । सम्भवतः आज–भोलि नै क्रिकेट बोर्ड घोषणा हुने स्रोत बताउँछ ।

राजनीतिक हस्तक्षेपका कारण ध्वस्त हुँदै गएको नेपालको अरु खेल क्षेत्र जस्तै क्रिकेट पनि तहसनहसको बाटोमा पुगेको छ । फुटबलदेखि क्रिकेटसम्म आइपुग्दा निकै राम्रो सम्भावना बोकेको नेपाली खेल जगत कुत्सित राजनीतिक नियत र हस्तक्षेपका कारण दुर्घटनाको डिलमा पुगिसकेको छ ।

इमेज खबरबाट साभार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।