0 COMMENTS

15112613Rajendra-mahatoवीरगञ्ज, २८ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलनका मागलाई संबोधन गर्न ढिलाई गरिए आन्दोलन हिंसात्मक बन्न सक्ने चेतावनी दिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मधेसका माग छिट्टै संवोधन नभए आन्दोलनले हिंसात्मक रुप लिनसक्ने संकेत गरेका हुन् ।

‘शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्ने हो भने आन्दोलन हाम्रो हातबाट फुत्किन्छ । अहिले हामीले स्वायत्ततासहितको प्रदेशको माग गरिरहेका छौं । यदि हाम्रो हातबाट आन्दोलन फुत्कियो भने अलग देश माग्नेहरुको हातमा पुग्छ, आन्दोलन हिंसात्मक हुन सक्छ र मुलुकमा साम्प्रदायिक द्धन्द्ध पनि शुरु हुने खतरा रहन्छ,’ महतोले भनए ।

मुलुक दुर्घटनामा गए त्यसको दोष सरकार र तीन दलले लिनुपर्ने उनको जीकिर छ । साथै उनले सबैमाग पूरा नभएसम्म आन्दोलन नरोकिने अडानसमेत दोहोर्याएका छन् ।

पत्रकार सम्मेलनमा महतोले आफूहरुको भारत भ्रमण निकै फलदायी भएको पनि सुनाउन भ्याए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।