0 COMMENTS

काठमाडौ २८ मंसिर/एकिकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठक आजपनि बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा सरकारका काम कारबाही बारे छलफल हुने बताइएको छ ।

गृहमन्त्री शक्ति बस्नेतले भूकम्प पिडितको कोटामा आफन्त र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाएको भन्दै अलोचना भएपछि आजको बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल हुन लागिएको हो ।

आजको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको पार्टी सचिवालयले जनाएको छ ।

यसअघि हिजो बैठकमा सदस्यहरुले पार्टीका मन्त्रीहरुको काम कारबाही सन्तोषजनक नभएको भन्दै छलफलको माग गरेपछि आजको बैठकमा सबैलाई अनिवार्य उपस्थितिका लागि उर्दी जारी गरेको हो । बैठकमा बोल्ने सदस्यहरुले गृहमन्त्री बस्नेतको आलोचना गर्दै फिर्ता बोलाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।