0 COMMENTS

sunaili-nakaकाठमाडौं, मङ्सिर २८ । सिमामा जारि अवरोध विस्तारै खुकुलो बन्दै गएको छ । वीरगञ्जको रक्सौल नाका बाहेकका अन्य नाकामा आवत जावत सामान्य बन्दै गएको छ । अाइतबार विभिन्न नाकाबाट इन्धन तथा सामान बोकेका करिब ६ सय गाडिहरु नेपाल भित्रिएका छन् । अाइतबार विभिन्न नाकाको अवस्था कस्तो रह्यो त ? नाका अपडेट
जोगबनी
आइतबार साँझसम्ममा एक सय ८२ मालबाहक सवारीसाधन भित्रिएका छन् । तीमध्ये डिजेलका २६, पेट्रोलका आठ, खाना पकाउने एलपी ग्यासका दुई बुलेट भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
काँकडभिट्टा
यो नाकाबाट आइतबार भारतबाट ८० मालबाहक गाडी र तेस्रो मुलुकबाट आएका थप तीन कन्टेनर नेपाल प्रवेश गरेका छन् । इन्धनका गाडी भने आएनन् । सामान्य समयमा पनि शनिबार र आइतबार यो नाकाबाट इन्धनका गाडी आउने गर्दैनन् ।
सुनौली
सुनौली–बेलहिया हुँदै आइतबार ५० मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । अपराह्न पाँच बजेसम्म कुनै पनि इन्धन बोकेका गाडी आएका छैनन् । शनिबार दिनभर ६५ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेकोमा राति डिजेलका आठ तथा पेट्रोलका दुई ट्यांकर भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
एक सातायता भारतको सुनौली भन्सार कार्यालयले दैनिक सय गाडी नेपाल पठाउन थालेको छ । भारतपट्टि झन्डै १४ किलोमिटर टाढासम्म गाडीको लाइन छ । तर, कोटा प्रणालीमा मात्रै गाडी आउने गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी केशव ओलीले जानकारी दिए ।
नेपालगन्ज
यो नाकाबाट आइतबार ९ बजेसम्म एक सय १५ मालबाहक गाडी भित्रिएका छन् । त्यसमा डिजेलको पाँच, पेट्रोलको सात र हवाई इन्धनका दुई ट्यांकर भित्रिएको प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले बताए ।
धनगढी
आइतबार राति ९ बजेसम्म ७४ मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । सुदूरपश्चिम क्षेत्रको बजारलाई आवश्यक सामग्री आयात हुने यो नाकाबाट तीनवटा मात्रै डिजेल बोकका ट्यांकर आएको प्रमुख भन्सार अधिकृत हरि पाण्डेले जानकारी दिए । यो नाकाबाट दैनिक सरदर ६० वटा गाडी आउने गर्छन् ।
नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।