0 COMMENTS

बाँके, २८ मंसिर । बेलहरीबाट युवाहरुको एक समूह नेपालगञ्ज–रुपैडिहा नाकामा धर्ना दिन दैनिक आउँथे । घरको सबै काम छोडेर उनीहरु दुई महिनासम्म आन्दोलनमा होमिए ।

सातायता भने उनीहरु दशगजा आउन छाडेका छन् । त्यहाँका युवाको नेतृत्व गर्दै आएका हरिराम बर्मा पनि पुरानै दैनिकीमा फर्किसकेँ ।

खजुराखुर्दबाट पनि अर्को समूह त्यसैगरी नाकामा धर्ना दिन आउँथ्यो । उक्त समूह पनि अहिले आउन छाडेको छ । बेलहरी र खजुराखुर्दका युवाजस्तै अन्य गाउँबाट कार्यकर्ता नाकामा आउन छोडेपछि मोर्चाका जिल्ला नेता अन्योलमा परेका छन् । कार्यकर्तासँगै स्थानीयको सहयोग नहुँदा दशगजा आन्दोलन निष्क्रियजस्तै बनेको छ ।

आन्दोलनलाई निरन्तरता दिन मोर्चाका नेतालाई समस्या भएको छ । तर, आन्दोलन जारी रहेको उनीहरुको दावी छ । कान्तिपुर दैनिकमा ठाकुरसिंह थारुले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।